२८ बैशाख, काठमाडौं । संगठनको नीति विपरित काम गरेको भन्दै सशस्त्र प्रहरीले चारमहिनाको अवधीमा २ सय ६१ जनालाई विभागीय कारवाही गरेको छ ।
प्रहरी बलले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई विभागीय कारवाही गरिएको जनाएको छ ।
पुस महिनादेखि चैत महिनासम्म यो करवाही गरिएको प्रहरीले जनाएको छ । यी मध्ये १२ जना प्रहरी अधिकृत रहेका छन् । २ सय ६१ मध्ये एक सय जनालाई बर्खास्त गरिएको छ भने १२ जनालाई घटुवा गरिएको छ । यसैगरी २७ जनालाई बढुवा रोक्का गरिएको छ भने अन्य कारवाहीमा पर्नेहरुको संख्या १२२ रहेको छ ।
विभागीय कारवाहीमा सेवाबाट हटाउनेदेखि घटुवा, बढुवा रोक्का, तलववृद्धि रोक्का, तलववृद्धि घटुवा, नसिहत, चेतावनी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
अनुशासनहीन कार्य, जिम्मेवारी निर्वाहमा लापरवाही, कमाण्डरले दिएको आदेशको अवज्ञा, आचरणहीन कार्य, गैह्र हाजिर लगायतका कसुरहरुमा कारवाही गरिएको हो ।
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । २८ बैशाख २०७३, मंगलवार ०५:३५ बजे