पछिल्लो चौविस घण्टामा कर्णालीमा २१० कोरोना संक्रमण मुक्त


२६ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर तिब्रगतिमा बढे संगै आज देशभर ४ हजार २२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । जस्मा कर्णालीबाट २ सय १० जना रहेका छन् ।

आज देशभर कोरोनाका ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टी भएको छ जस्मा कर्णालीमा पछिल्लो २४ घण्टामा २ सय ११ जनामा परिक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टी भएको हो ।

यस्तै देशभर आज कोरोना संक्रमणबाट ८८ जनाको ज्यान गएको छ । भने कर्णालीमा ४ जना रहेको बताइएको छ । यो समाचार तयार पर्दा सम्म कर्णालीमा थप ४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो संगै कर्णालीमा पछिल्लो २४ घण्टा ८ जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।