पछिल्लो २४ घण्टामा कर्णालीबाट २४९ जनाले कोरोनालाई जिते


१ जेठ, सुर्खेत । देशभर आज कोरोना भाइरसलाई पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाले जितेका छन् । जस्मा कर्णालीबाट २ सय ४९ जना रहेका छन् ।

त्यस्तै आज देशभर ८ हजार १८७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छन् भने जस्मा कर्णालीमा पिसिआरबाट ४ सय ७२ र एन्टिजेनबाट ४७० जना संक्रमण पुष्टी भएको हो । कोरोनाकै कारण आज देशभर १ सय ८७ जनाको ज्यान गएको छ जस्मा कर्णालीमा ८ जना रहेको बताइएको छ ।