लाखौंको तरकारी बारी मै कुहियो सरकार भन्छ विमा गरेको भए हुन्थ्यो (भिडियोसहित)


२० जेठ, सुर्खेत । भारतलाई नछोएको प्रदेश कर्णाली तर पनि कर्णालीमा नै आउँछ भारतबाट तरकारी । यसरी भारतबाट तरकारी आउँदा प्रदेश राजधानीका किसानलाई भने ठूलो नोक्सानी बेहोर्नुपरेको छ । यही नोक्सानीले गर्दा कर्णालीका यूवा विदेशिने गरेको पाइएको छ ।

यस्तै विदेशिने सोच धेरै यूवाहरुमा पाइने गरेको छ । प्रदेश राजधानीको चर्चित पर्यटकिय स्थल बुलबुले उद्यान नजिक करिब ४ विगाह क्षेत्रफलमा ७ जनाको यूवासमूहले तरकारी र फलफूल खेती यतिवेला निषेधाज्ञा र भारतिय तरकारीका कारण लाखौको तरकारी तथा फलफूल नष्ट भएको छ ।

हामीले २०७२ देखि बर्षको ६ महिना जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेका छौंं जेनतेन ६ बर्ष खेती गर्यौ तर सबै भन्दा नोक्सानी यसपटक भयो । पशु तथा ताजा तरकारी समूहका सुरेन्द्र गौतम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “गतबर्ष निषेधाज्ञामा जेनतेन तरकारी बेच्यौ तर यसपटक निषेधाज्ञा र पानी परेर लाखौको तरकारी बन्दा लौका तरभुजा र काँक्रा नष्ट भएको छ ।

हामीले कर्णाली सरकारलाई यसबारे जानकारी गराउँदा राहतको कुनै पहल भएको छैन् उल्टै तरकारी विमा गरेको भए राम्रो हुने थियो भन्ने जवाफ पाएको सुरेन्द्र बताउनुहुन्छ ।” उहाँ भन्नुहुन्छ ‘हामी वीरेन्द्रनगरका तरकारी खरिदविक्री केन्द्रहरुमा सम्पर्क गर्दापनि भारतिय तरकारीका कारण आफुले लगाएको तरकारी कुहिएको हो ।’