सुर्खेत महिला जेसीज साताव्यापी कार्यक्रम गर्दै


२८ श्रावण, सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२१ ले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

सुर्खेत महिला जेसीज बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा साताव्यापी कार्यक्रम गर्ने महिला जेसीजले जनाएको हो ।

यहि श्रावण ३० गते देखि शुरु गरिने साताव्यापी कार्यक्रममा विद्यार्थीहरु वीच वक्तृत्वकला प्रतियोगिता, मास्क वितरण, साझा घर नेपाल सुर्खेतमा रहेकाहरुकालागि खाद्यान्न वितरण, उद्योषक तालिम, बृद्धाआश्रममा खिर खुवाउने, सेल्फ मेकअप प्रतियोगिता तथा नारी सम्मान गरेर कार्यक्रम गर्न लागेको सुर्खेत महिला जेसीज बर्ष २०१९ का अध्यक्ष लक्ष्मी कार्की प्रधान (सिया)ले जानकारी दिनुभयो ।

हामीले हरेका बर्ष गर्दै आइरहेको साताव्यापी कार्यक्रम यसपटक पनि गर्दैछौ । कोरोना भाइरस कोभिड १९ को संक्रमण अझै पनि रहिरहेकोले स्वास्थ्य सावधानी अपनाउँदै हामी कार्यक्रम गर्दैछौ । बर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङ्गले भन्नुभयो । कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव सिता भण्डारीले गर्नुभएको थियो ।