
१२ असोज, सुर्खेत । नेकपा एमाले समर्थित व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला भेलाले कलाधर उपाध्याय (केदार)को अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
वीरेन्द्रनगरमा आज सम्पन्न जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै महासंघको उपाध्यक्षमा सुर्यबहादुर रावत सचिवमा सुदिपकुमार के.सी. लाई सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै भेलाले कोषाध्यक्षमा विजय सार्की सहसचिवमा कर्णबहादुर थापा र सहकोषाध्यक्षमा टिकाकुमारी कँडेल (पौडेल) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष उपाध्यायले व्यवसायीहरुले भोग्नुपरेका कर तथा प्रसासनिक कामहरुलाई सहज बनाउन लाग्ने आफ्नो पहिलो काम रहेको बताउनुभयो ।



Prawash Kumar Shakya । १२ आश्विन २०७८, मंगलवार १८:२१ बजे