मुना हमाल ।
सुर्खेत, ३० साउन । सिविन नेपालको आयोजनामा मनोसामाजिक परामर्श र संयन्त्र प्रणाली सम्बन्धि एक दिने तालिम शनिबार साहारे सम्पन्न भएको छ । युरिपियन कमिशनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा संचालित ‘बाधा अबरोध हटाऔंः शिशु बालिका अधिकार संरक्षण गरांै’ (बिटिबि) परियोजना अन्तरगत मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिवृद्धि गर्ने र ५ वर्ष मुनिका बालिकाको अधिकार संरक्षण सम्बन्धि जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
सिविन नेपालकी मनोसामाजिक परामर्शदाता संगिता वली र निर्मला अचार्यले प्रशिक्षण दिएका थिए । तालिममा सहभागिहरुले मनोसामाजिक समस्यामा परेका महिला तथा बालिकाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिममा महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जालका सदस्य, आमा समूह, सुरक्षा निकाय, नागरिक सचेतना केन्द्र, गाउँ बाल बाल संरक्षण केन्द्रलगायत २३ जनाको उपस्थित रहेको थियो ।
विटिवि’ परियोजना जिल्लाका दशरथपुर, सहारे, मेहेलकुना, बावियाचौर, सालकोट, वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको छ । नागरिक समाजको क्षमता अभिवृद्दि गर्दै साझेदारी र समुदायमा आधारित शिक्षा मार्फत प्रमुख रुपमा नेपाली समाजमा बिद्यमान लिंग छनौट र शिशुबालिकाहत्यालाई न्यूनीकरण गरी बालिका बिरुद्ध हुने निकृष्टप्रकारको भेदभावमा कमील्याउने उद्देश्यले परियोजना लागु भइरहेको छ ।



Milan Shrestha । ३० श्रावण २०७३, आईतवार १२:५० बजे