
९ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज (शुक्रबार) देखि राजधानीको बुद्धपथमा निर्माणधिन बुद्ध सरोवर निर्माणकालागि “कृषि तथा साँस्कृतिक पर्यटन प्रबर्द्धन व्यापार महोत्सव २०७५ शुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतको आयोजनामा महोत्सव शुरु भएको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले महोत्सवको एक समारोहका बीच उद्घाटन गर्दै पर्यटन क्षेत्रको विकासबाट नै कर्णालीको समृद्धि सम्भव रहेको बताउनु भयो ।

‘पर्यटक क्षेत्रको विकासबाट नै कर्णालीको विकास र समृद्धि सम्भव छ’ मन्त्री बुढाले भन्नुभयो ‘पर्यटन प्रबर्द्धनका लागि हुने महोत्सवले प्रदेशको समृद्धिलाई सहयोग पु¥याउनेमा प्रदेश सरकारले विश्वास लिएको छ ।’ जातिय विभेद अन्त्य हुनुपर्ने बताउँदै बुढाले भन्नुभयो ‘यो कुनै जातविशेषको महोत्सव होइन् । अब जातजाति र धर्मको कुरा नगर्न सबैमा अपिल गर्दछु ।’ नेपाल विभिन्न जातजाति र धर्मको साझा फूलबारी भएको बताउँदै हरेक समूदायले आ–आफ्नो जातिअनुसार धर्मसंस्कार मनाउन पाउनु पर्ने उल्लेख गर्नुभयो । जनजाति एकताको प्रशंसा गर्दै उहाँले बुद्धसरोबर निर्माणका लागि आयोजना गरिएको महोत्सवको पूर्ण सहयोग मिल्ने बताउनु भयो । ‘नेपाल बुद्ध जन्मेको देश हो’ मन्त्री बुढाले भन्नुभयो ‘सुर्खेतमा बुद्धसरोबर बनाउनु आफैमा नेपाल र नेपालीको पहिचानको विषय हो ।’

महोत्सवमा विभिन्न जातजातीका भेषभुषा झल्किने पहिरनका साथ विभिन्न झाँकीहरु प्रदर्शन गरिएका छन् भने आदिवासी जनजाती महासंघमा आवद्ध जातजातीहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने बताइएको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु समेत रहेका छन् । लोपोन्मुख अवस्थामा रहेको राउटे जातीको समेत सहभागीता रहेको उक्त महोत्सवबाट भएको आम्दानीले सुर्खेतको बुद्धपथमा रहेको बुद्ध सरोबरमा बुद्ध मुर्ति स्थापना गरिने आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, कर्णाली प्रदेश सभाका सदस्यहरु, विभिन्न जातजातिका भातृसंगठनका पदाधिकारीहरुलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत सांस्कृतिक प्रस्तुती समेत रहने छ ।
क्वीकखबरको सहयोगमा



Milan Shrestha । ९ कार्तिक २०७५, शुक्रबार २०:५७ बजे