- श्रावण ७, २०७३- साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र बिजुली मसिन आगामी भदौं ३१ गते प्रदर्शनमा आउने भएको छ । ‘अहिले नगरे कहिले गर्ने, अनि हामी युवाले नगरे कसले गर्ने ?’ भन्ने यथार्थ सवालको उत्तर दिने प्रयास उक्त चलचित्रले गरेको निर्देशक नविन अवालले जानकारी दिए ।
विश्व नै विज्ञान प्रविधिले हाँकिरहेको अवस्थामा नेपालमा यसको प्रभाव कस्तो छ त भन्ने विषयमा अध्ययन गरिरहेका युवाको समूहद्वारा उक्त चलचित्र तयार पारिएको हो । १८ वर्षभन्दा माथिका युवाहरूको सहभागितामा निर्मित विजुली मसिन सर्ट मुभी तयार गर्दै आएका अवालले नै लेखन र निर्देशन गरेका हुन् । उनले चलचित्रमा नेपालमा जारी ऊर्जा संकट, त्यसले रोजगार, शिक्षा एवं आम मानिसको दैनिक जीवनमा पारिरहेको असर, पछिल्लो पुस्ता विज्ञान र प्रविधिजस्ता विषयमा आकर्षित भैरहे पनि शून्य सफलता हात लागेको र युवा शक्तिको ऊर्जा बेकारमा खेर गैरहेको कुरालाई मुख्य कथावस्तु बनाइएको छ ।रेलिजा श्रेष्ठले डेब्यु गरेको यो चलचित्रमा राजेश हमाल, लक्ष्मी भुषाल, बुद्धि तामाङ अभिषेक सुवेदी र जीवन अधिकारीको मुख्य भुमिका रहेको छ ।
साभारः साप्ताहिक
Prawash Kumar Shakya । ७ श्रावण २०७३, शुक्रबार १६:३२ बजे