दीपाको ‘छ भने माया छपक्कै लाइदेउ’ रोकियो, निर्देशनको कुरा गफ मात्र थियो त ?


केही महिना अगाडि हाँस्य कलाकार दीपाश्री निरौलाले चलचित्र निर्देशन गर्ने चर्चा भयो । दीपाले निर्देशन गर्न लागेको चलचित्रको नाम नै सार्वजनिक गरियो, ‘छ भने माया छपक्कै लाइदेउ’ ।
यो चलचित्रको कथा उनकै सहकर्मी कलाकार दीपकराज गिरीले लेखिरहेका थिए । चलचित्र ‘वडा नम्बर ६’ चल्नु अगाडि देखि नै दीपाले निर्देशन गर्ने सोच बनाएकी हुन् । तर, अहिले आएर उनको यो प्रोजेक्ट पछि सरेको छ ।
दीपाले निर्देशन गर्ने भनिएको यो चलचित्र अब कहिले बन्छ पक्का छैन । दीपाका अनुसार उनको समेत लगानी रहने गरि नयाँ बिषयवस्तु तयार भएको छ । जसको कथा दमदार भएकाले अहिले ‘छ भने माया छपक्कै लाइदेउ’ नबन्ने भएको हो ।
कमेडी कथा भएपनि नयाँ बिषयवस्तु गहन भएको दीपाको भनाई छ । सामान्य कथा भन्दा केही गहन कथामा चलचित्र निर्माण गर्ने तयारी भएकाले आफू पछि हटेको दीपाले बताइन् ।

नयाँ चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने र दशैमा रिलिज गर्ने योजना दीपक र दीपाको छ । अघिल्ला चलचित्रका कलाकारसँगै नयाँ कलाकार पनि यो नयाँ चलचित्रमा देखिनेछन् । चलचित्रको नाम भने तय गरिएको छैन ।
साभारः अनलाइन खबर