
काठमाडौं बाहिर हुन गायिका पन्त धमाधम गीतहरु रेकर्ड गर्न जुटेकी छिन्।
‘सांगीतिक कार्यक्रम सिध्याएर फर्किए लगत्तै गीत रेकडिङको काम धमाधम सुरु भएको हो। अहिले गीतमा चारवटासम्म गीतहरु रेकर्ड गर्न थालेकी छु,’उनले भनिन्,’डेढ हप्तापछि फेरि सांगीतिक कार्यक्रममा जानुपर्ने हुँदा रेकडिङको काम सिध्याउन व्यस्त भएकी हुँ।’ सांगीतिक क्षेत्रको सुरुवाती दिनमा उनले १४ घण्टा रियाज गर्ने गरेकी थिइन् । हालसम्म उनको ५ हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । आधुनिक, लोक र आइटम गीतमा उनले स्वर दिइसकेकी छिन् ।
‘मेरो सम्पति भनेको यही आवाज हो । त्यसैले स्वर बिग्रिन नदिन कम गीत रेकर्ड गराउने गरेरपनि अहिले एकैसाथ धेरै गीत गाउनुपरेको हो। प्राय गीतहरु आधा घण्टामा रेकर्ड गरिसक्छु,’उनले भनिन् । नेपाली फिल्म र कलेक्सन एल्बममा स्वर दिन उनलाई भ्याइनभ्याइ छ । ‘काममा नँया र पुरानो भन्ने हुन्न् । बरु फिल्मको गीहरु गाउँन अप्ठ्यारो हुन्छ । लोकदोहोरी सबैभन्दा सजिलो हुन्छ,’उनले भनिन् । उनका अधिकांश गीतहरु गुञ्जन, म्युजिसियन, सेवा स्टूडियोमा रेकर्ड हुने गरेका छन् ।
उनको ‘न बिर्से तिमीलाई’, ‘ जिन्दगी यो फुलै फुलको’, ‘मसँग तिमी छुट्नु ‘,’म मर्ने बेला तिमीचाँहि’,’मलाई बाँसुरीले’ र ‘मलाई माफ गर’ लगायत गीतहरु चर्चामा छन् । २०५४ सालको रेडियो नेपालको आधुनिक गीतमा पहिलो भएपछि उनले सांगीतिक यात्रा सुरु गरेकी हुन् । ‘नबिर्सें तिमीलाई’ गीतले उनलाई चर्चा दिलायो । ‘चर्चा पाएपनि आर्थिक आम्दानी राम्रो भएको थिएन । एल्बम बिक्री हुदैंन । हामी कलाकारहरुले कन्सर्टको भरमा बाँच्नुपर्ने हुन्छ,’उनले भनिन् ।
९ वर्षअघि ‘गाथा’ नामक कलेक्सन एल्बममा स्वर दिएपछि व्यवसायिक रुपमा उनी संगीतमा आवद्ध भएकी थिइन् । ‘मेरो स्वर प्राय विछोडका गीतको लागि उत्कृष्ट छ । त्यसैले मेरो गीतका श्रोताहरु सबै तहका छन् । साना केटाकेटी देखि वृद्धवृद्धा सबै खालका फ्यान भेटेको छु,’उनले भनिन् । पछिल्लो समय उनी संगीतकार आलोक श्री, अर्जुन पोखरल र एकनारायण भण्डारी लगायतसँग सहकार्य गरेर काम गरिरहेकी छिन्।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । १६ जेष्ठ २०७३, आईतवार ०३:१३ बजे