राजेन्द्र शाही
५ चैत्र, सुर्खेत
सिकारु कारको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा ३ जना महिला घार्इते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । लेकाली मोटर ड्राइभिङ्ग सेन्टरको बा २ च ६६१३ नम्बरको कारको ठक्करबाट खुलामञ्चमा खुद्रा सामान विक्री गर्न वस्नु भएकी वीरेन्द्रनगर–१२ सुशीला कार्की, लालमति शाही र रुपा शाही हुनु भएको हो । घाइते मध्य रुपा शाहीको अवस्था भने गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको माया नर्सिङ्ग होममा उपचार भइहरुको छ । इत्रामबाट खुलामञ्चतफ आउँदै गरेको कारले सडक किनारामा पसल गर्दै आएका उहाँहरुलार्इ किचेको प्रहरीले जनाएको छ । कार सिकारु मनबहादुर सिजाली र शेरबहादुर विकलार्इ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको बताएको छ । कारका चालक फरार रहेको र कारको ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको बताएको छ ।



Milan Shrestha । ५ चैत्र २०७२, शुक्रबार १४:०२ बजे