करिब ५० छाडापशु (गाई) कान्जी गृहमा छोडियो


१८ पौष, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ११ र १२ का स्थानीयले छाडापशु (गाइ)लाई आज नगरपालिकाको कान्जी गृहमा ल्याएर छाडेका छन् ।

किसानहरुको अन्नवाली खाइदिएको भन्दै छाडा रहेका करिब ५० गाईहरुलाई स्थानीयले नगरपालिकाको कान्जी गृहमा ल्याएर छाडेकाहुन् । नगरपालिका र वडाले छाडापशु व्यवस्थापन गर्न नसकेकोले यस्तो समस्या आएको कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले दुःख पोख्नुभयो । अब यि गाइलाई कस्ले खानाकालागि घाँसको जोहो गर्ने हो ? उहाँ प्रश्न गर्नुहुन्छ ।

हामीले यही समस्या नआओस भन्नकालागि चाँडै नै छाडापशुको (गाई)को उचित व्यवस्थापनकालागि सहकारी अवधारणा मार्फत काम गर्दैछौै । केही कानुनी प्रावधानले गर्दा समय अलि बढी लागेको छ । अब चाँडै नै हामी सुन्दर कर्णाली गौशाला तथा सरसफाई व्यवस्थापन सहकारी सञ्चालन गर्दैछौ‌ं ।