बैंक मर्जरमा छलाङ : १०० संस्था ४२ मा झरे !


पाँच दर्जन संस्थाहरुको नाम निसानै हरायो

पुष्प दुलाल

११ फागुन, काठमाडौं । इजाजतपत्र दिने उदार नीतिका कारण च्याउसरी खुलेका बैंक तथा वित्तीय संस्थाहरु कसिलो नीति र तीब्र प्रतिस्पर्धाका कारण बजारबाट पछि हट्ने प्रवृत्ति हृवात्तै बढेको छ ।

प्रतिस्पर्धी बजारमा खरो उत्रिन नसकेपछि मुलुकमा वित्तीय क्षेत्रको ‘कन्सोलिडेसन’ले छलाङ मारेको छ । हालसम्म १०० संस्थाहरु एकआपसमा गाभिएर तथा एक्वायर ९खरिद(बिक्री० भएर ४२ वटा बनेको नियामक नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकी ३७ वटा संस्था मर्जरको र चार वटा संस्था एक्विजिसनको प्रक्रियामा छन् । मर्जरका क्रममा पाँच दर्जन संस्थाहरुको आफ्नो नाम निसानै हराएको छ ।

मर्जरमा सोचेभन्दा बढी सफलता मिलेको राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीबी नेपालले अनलाइनखबरलाई बताए । मर्जरका लागि राष्ट्र बैंकले सक्दो सहयोग र सरलिकरण गरिरहेको उनको भनार्इ छ ।

राष्ट्र बैंकले ०६७ सालमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर जान प्रोत्साहनको नीति अबलम्बन गरेपछि छोटो अवधिमै ‘स्वतस्फूर्त’ मर्जरमा उल्लेख्य प्रगति हात परेको हो । त्यसयता लगातार राष्ट्र बैंकले मर्जरलाई विषेश प्रोत्साहन दिँदै आएको छ ।

‘सुरुमा हामीलाई नै शंका थियो, मर्जर यतिधेरै सफल होला कि नहोला भनेर,’ गभर्नरले डा। नेपाल भने( ‘तर मर्जरमा हामीले सोचेभन्दा राम्रो प्रगति हासिल गरेका छौं ।’

पुजी वृद्धिमा पनि संस्थाहरु मर्जरबाटै बढी गएको उनले सुनाँदै गभर्नरले मर्जरबाटै संस्थाहरुले तोकिएको पुँजी पुर्‍याउन सक्षम भएको जानकारी दिए ।

    ‘सीइओचाहीँ बैंक फेरि(फेरि जागिर खान मिल्छ भने मर्जरमा जाँदा कर्मचारीको व्यवस्थापन गर्न कठिन भो भन्नै सुहाउँदैन,’ गभर्नर डा। नेपाल भन्छन् ।

राष्ट्र बैंकको नीति अघिनै मर्जरको अभ्यास

बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरु मर्जरमा आकषिर्त हुन् । राष्ट्र बैंकले मर्जरमा प्रोत्साहनको नीति अबलम्बन गर्नुअघि नै ८ वटा संस्था आपसमा गाभिएर ४ वटामा झरिसकेका थिए । तर, ती संस्थाहरु एकै समुहले प्रवर्द्धन गरेका थिए भने त्यो समयावधि पनि निकै लामो थियो ।

लक्ष्मी बैंकले र हाइसेफ फाइनान्स गाभेर २०६१ साउन ११ गते लक्ष्मी बैंकको नाममा एकीकृत कारोबार सुरु गरेसँगै नेपालको वित्तीय क्षेत्रमा मर्जरको सुरुवात भएको हो । त्यसको तीन वर्षपछि अर्थात् ०६४ कात्तिक १ नेपाल बंगलादेश बैंकले आफ्नै समूहले लगानी गरेको नेपाल बंगलादेश फाइनान्सलाई गाभ्यो । यी दुइवटै मर्जर राष्ट्र बैंकको दबाबमा भएको हो ।

पाँच दर्जन संस्थाहरुको नाम निसानै हरायो