१५ फागुन, सुर्खेत । छिमेक लघुवित्त वित्तिय सस्था लि शाखा कार्यालय सुर्खेतले आफ्नो १२औ बार्षिक ग्राहक / सदस्य गुनासो सुनुवाइ (इकाइ भेला )कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सुर्खेत शाखामा आवद्ध रहेका २ सय ११ जना सदस्य र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३ जना सफल व्यवसायी सदस्यहरुलाई हौसला प्रदान गर्न नगद पुरस्कार र सम्मान पत्र, १० उत्कृष्ट इकाइका बिपन्न बालिकाको अध्यनको लागि छात्रावृत्ति तथा इकाइलाई नगद पुरस्कार र प्रमाणपत्र ,प्रदान गरिएको थियो । त्यस्तै सफल व्यवसायी वीरेन्द्रनगर ४ निवासी भुवनेश्वरी खडका, वीरेन्द्रनगर १२ का लक्ष्मी के.सी. र वीरेन्द्रनगर २ निवासी मान कुमारी चौधरीलाई नगद तथा प्रमान पत्र सहित सम्मान गरिएको थियो ।
संस्थाबाट कर्जा लिएर उत्कृष्ट व्यवसाय गरि सम्मान पाएका ३ जनाले आफ्नो सघर्ष तथा व्यवसायिक सफलताको बारेमा अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा अभिभावक तथा सदस्यहरूको तर्फबाट प्राप्त सल्लाह सुझाव तथा गुनासो सुनुवाइ गरीएको थियो ।
संस्थाको केन्द्रिय कार्यालय जनशक्ति व्यवस्थापन विभागका विभागिय प्रमुख हरिराज लोहनीले वर्तमान समयमा लघुवित्त प्रतिको भ्रामक अभिव्यक्ति र दुष्प्रचार प्रति सजग रहदै असल वित्तीय संस्कार सन्ततिमा हस्तान्तरण गर्न सुझाव दिनुभएको थियो ।
वित्तिय चेतना सहितको कार्यक्रम सम्पन्न गर्न कर्णाली तथा सुदुरपस्चिम प्रदेश प्रमुख उत्तमराज कट्टेल, अनुगमन अधिकृत राजेन्द्र सेढाई, रामकृष्ण पन्त, राजु के सि तथा सुचना प्रविधि विभागका दुर्गा घिमिरे लगाएत शाखाका सम्पुर्ण कर्मचारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सहजीकरण सुर्खेत शाखाका शाखा प्रमुख मान बहादुर रानाले गर्नुभएको थियो।
Prawash Kumar Shakya । १५ फाल्गुन २०८०, मंगलवार १८:५४ बजे