
पवन जायसवाल
कोहलपूर (बाँके) । ‘तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नाराका साथ आज कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको कार्यालय,कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त सरसफाई कार्यक्रम गरिएका हो ।
प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा गुट्खा, सुर्तिहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा सहभागी यमुना घिमिरे भन्नुहुन्छ सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ ।
प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहिता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोक देखि सडकको दाँया बाँया हुँदै पिपरी चौक सम्म पुगेर समापन भएको थियो ।
“प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मुल नाराका साथ बास नेपालका स्वयंसेवकहरु, कोहलपुर नगरपालिकाका वातावरण शाखाका पदाधिकारीहरु, द एक्जाम गुरु एकेडेमिका बिद्यार्थी भाईबहिनिहरु, बिभिन्न सामुदायिक बन उपभोक्ता समितिहरु र बिभिन्न स्थानिय नागरिकहरु गरि एक सय बढिको सहभागीता रहेको थियो ।
बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानर वाचन गरेर शुरुवात गरिएको थियो ।
त्यस्तै वडा नं.– ८ का वडा अध्यक्ष लाल बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नेपालले गरेको सहकार्य प्रति धन्यवाद दिनुभयो भने सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम आगामि दिनमा गर्दा वडा सागै हातेमालो गर्दै सँगै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिनुभयो । उहाँले सरसफाई गर्नु सबैको दायित्व भएकाले सबै क्षेत्रबाट सरसफाई अभियानमा लाग्न अनुरोध गर्दै प्लाष्टिकको प्रयोगलाई हामीले आजै बाट कम प्रयोग गरी मानबिय जिबनमा पर्ने असरहरुमा न्युनीकरण गर्न लागिपर्ने बताउनुभयो ।
Prawash Kumar Shakya । ४ जेष्ठ २०८२, शनिबार १७:४९ बजे