चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन सिंहद्वारा राजीनामा


मंसिर १७, २०७३- त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का  डिन केपी सिंहले राजीनामा दिएका छन् । वरिष्ठता क्रम तोडेर विश्वविद्यालयले सिंहलाई डिनमा नियुक्त गरेको भन्दै विरोध बढेपछि उनले राजीनामा दिएका हुन् ।

सिंहले अनसनरत डा.गाेविन्द केसीकाे ज्यानभन्दा अाफ्नाे पद ठूलो नभएकाले राजीनामा दिएको कान्तिपुरलाई बताए ।

अनसनरत  वरिष्ठ चिकित्सक गोविन्द केसीले वरिष्ठताका आधारमा जगदीश अग्रवाललाई डिन नियुक्ति गर्नुपर्ने माग राख्दै आएका थिए । तर, त्रिवि कार्यकारी परिषद्ले कात्तिक २८ गते सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

 साभार: कान्तिपुर अनलाईन