सुर्खेत उवासंघमा लगाइएको ताला तोडियो


३ माघ, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघमा असन्तुष्ट पक्षका व्यापारीहरुद्वारा संघमा लगाइएको ताला आज तोडिएको छ ।

विधान विपरितका मागहरु राखेर केही समूहले गत माघ २८ गते संघमा तालाबन्दी गरेका थिए । तर आज बैधानिक सदस्यहरूले आफुहरूकाे नियमित काम राेकियकाेभन्दै ताला ताेडेका हुन् ।

असन्तुष्ट पक्षमा संघका वर्तमान बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, कार्यसमिति सदस्यहरु राजु पाण्डे, जनकबहादुर थापा, सिंहराज बमलगाएत छन् । साथै क्यानका प्रदेश निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारी, खड्कबहादुर शाही, रेशम ढकाललगाएतले संघमा तालाबन्दी गरेका थिए ।