दोश्रो कोरोना संक्रमित युवती निको भएर घरतर्फ (भिडियो सहित)


६ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट दोस्रो संक्रमित युवती निको भएर आज घर फर्किनुभएको छ ।

गत २०७६ चैत १० गते ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो  उहाँ आज शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुनुभएको हो कोरोनाबाट आफू पूर्णरुपमा निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको बताउनुभएको छ । हिजो शुक्रबार गरिएको कोरोना भाइरसको संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो भने आज शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिनुभएको छ ।

गत २०७६ चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नु भएकी उहाँ फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उहाँले स्वास्थ्य जाँचका लागि गत चैत ९ गते टेकु अस्पताल पुगी जाँच गर्दा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उहाँ संग एउटै जहाजमा आएका बागलुङ्गका अन्य दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ति दुईको अहिले धौलागिरि अस्पतालमा उपचार भैरहेको छ ।

स्मरणरहोस नेपालमा कोरोना भाइरसबाट ३० जना संक्रमित भैरसकेका छन् भने त्यस्मा २ जना निको भएका छन् ।