
१ चैत्र, सुर्खेत । विश्व सामाजिक कार्य दिवसको अवसरमा आज रक्तदान कार्यक्रम गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस परिसरमा आज क्याम्पसको सामाजिक विभागले रक्तदान तथा रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
सुर्खेतमा केही दिनयता कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक अनिल ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा २८ पिन्ट रगत संकलन गरिएको जस्मा ७ जना महिला रहनुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक प्रमुख दिपेन्द्र केसीले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सुपथ मेडिकल हल सुर्खेतले निःशुल्क रक्त समूह परिक्षण पनि गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कर्णाली स्वयंसेवक दल, समुदाय प्रहरी साझेदारी, आवाज संस्था, वीरेन्द्रनगर नगरपालिका, सुपथ मेडिकल हल तथा सामाजिक सञ्जालका समूहहरु मोटे ग्याङ्ग नेपाल, सुर्खेत भ्याली र Youth and Legal Advocacy को सहयोग रहेको कार्यक्रमका संयोजक अनिल ढकालले जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । १ चैत्र २०७८, मंगलवार ११:४२ बजे