सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाद्वारा राहत रकम हस्तान्तरण


११ चैत्र, सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर-६,सुर्खेतले राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।

वीरेन्द्रनगर नगरपालिका १२, बटलाचाैक निवासी ५७ बर्षिय गणेशबहादुर बटालालाई रू ५० हजारकाे राहत चेक हस्तान्तरण गरेकाे हो ।

सहकारी संस्थाका शेयर सदस्य गणेशबहादुर बटालालाई २०७६ सालमा हृदयघातका कारण प्यारालाईसिस भएपछि जीवनयापन तथा उपचार गर्न कठिन अवस्था भएको समयमा सहकारीले राहत रकम हस्तान्तरण गरेको छ ।

उहाँलाई प्राणघातक राेग लागे पश्चात् देशका विभिन्न स्थानहरूमा उपचार गराएपनि ठिक हुन नसकेपछि थप उपचारको लागि छिमेकि जिल्ला भारत लैजाने तयारी गरिरहेकाे पत्नी बटालालाे बताउनु भयाे, उहाँले भन्नू भयाे कि अहिले सम्म सम्पत्ति बिक्रि गर्नु परेकाे छैन,तर अब भने थप उपचारकाे लागि सम्पत्ति गर्नु पर्ला जस्ताे छ। तैपनि आफ्नाे श्रीमान् सहकारिमा शेयर सदस्य भएकै नाताले राहत पाएकाेमा खुशि हुँदै सहकारि परिवारलाई नै धन्यवाद दिनु भएकाे छ ।

२०५८ सालमा स्थापना भएकाे सहकारी संस्थाले बिगतका समयहरूमा पनि नीति अनुशार सुत्केरी भत्ता, शेयर सदस्य मृ्त्यु राहत, दुर्घटना बीमाकाे सुविधा दिदै आईरहेकाे व्यवस्थापक प्रवेशमान मानन्धरले जानकारी दिनु भयाे । राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष पुर्णबहादुर नेपाली, सचिव मिलन श्रेष्ठ, काेषाध्यक्ष सुरेश बहादुर गाैतम, सदस्यहरु महेश्वर तिवारी, चन्द्रा कुमारी खड्का लामिछाने, महिला परिचालन उपसमिति सदस्य रूपा न्याैपाने लगायतकाे उपस्थित रहेकाे थियाे ।