गुण एयरलाइन्सको कर्णालीमा हवाई सेवा शुरु (भिडियोसहित)


१८ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट आजदेखि गुण एयरलाइन्सले सुर्खेत-काठमाण्डौं, काठमाण्डौं-सुर्खेत हवाई सेवा शुरु गरेको छ ।

कुल ७ वटा विमानबाट देशका विभिन्न प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले आज पौष १८ देखि सुर्खेत-काठमाण्डौं, काठमाण्डौं-सुर्खेत नियमित उडान शुरु गरेको हो ।

१४ जना यात्रु बोकेर काठमाडौं देखि १ घण्टा ५ मिनेटमा सुर्खेतमा अवतरण गरेकाे जहाजका क्याप्टेन बिनय बिजुक्छेका बताउनुभयो । उहाँले भन्नुभयो ” उडानको सयम १ घण्टाकाे भएता पनि बिहानकाे समयमा पश्चिमि वायु प्रभावित भएका कारण १ घण्टा ५ मिनेटकाे लाग्यो ।”

क्याप्टेन बिजुक्छेले गुण एयरले २५ हजार उचाईमा उडान भर्न सक्ने साथै जुन सुकै अवस्थामा र जुन सुकै माैषममा पनि उडान भर्न सक्ने बिशेषता रहेकाे बताउनु भयाे ।

९ जना यात्रु लिएर काठमाण्डौं फर्किएको गुण एयरलाइन्समा क्याप्टेन बिजुच्छे सहित को-पाईलेट सन्देश घिमिरे,एयरहाेस्टेजहरू रिना चन्द र निश्शु घिमिरे रहनुभएकाे थियो ।