पिकलबल एसोसियसन सुर्खेतको अध्यक्षमा विसी चयन



९ मङ्सिर, सुर्खेत । आज सुर्खेतको वीरेन्द्रनगरमा अर्जुन विसीको अध्यक्षतामा पिकलबल एसोसियसन गठन गरिएको छ ।

वीरेन्द्रनगरमा खेलप्रेमी र खेलाडीहरूकाे भेलाबाट गठन गरिएको समितिमा उपाध्यक्ष रवि योगी र प्रतीक शाही ठकुरी , सचिवमा चन्द्र सुबेदी र काेषाध्यक्ष संगीता कुमारी शाही चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा जनक सिंह, प्रेम बिसी , करण बैगार, बिपिन रोकाय, खडक शाही, दिपक शर्मा र कपेद्र बिसी चयन हुनु भएको छ ।

जिल्ला खेलकुद विकास समिती सुर्खेतका सदस्य सचिव जगत प्याकुरेलको प्रमुख आतिथ्यमा र पिकलबल एसोसियसन नेपालका तर्फबाट प्रतिनिधि जनक सिंहको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेम बिसीले गर्नुभएको थियो ।