१३ बैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपीएलको दोस्रो संस्करणमा विभागिय टोली नेपाल आर्मी र न्यु होराईजन बुटवलले पनि विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको तेस्रो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागिय टोली आर्मीले झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ५८ रनले हराएको हो । १७७ रनको लक्ष्य पाएको लालिगुराँसले ९ विकेट गुमाएर ११८ रन मात्र बनाएपछि लगातार दोस्रो हार भोगेको छ ।
टोलीकालागि बिकेक राजुपुतले २७ र प्रणव शाहले २० रन बनाएपनि अरुले खुलेर खल्न सकेनन् । आर्मीका जितेन्द्र मुखिया भिम सार्की र हरि चौहानले समान दुई दुई विकेट लिनुभयो । टस जितेर ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर १७६ रन बनाएको हो । आर्मीका राजु रिजालले ३३ बलमा एक छक्का र तीन चौंका सहित ४९ रन बनाउँदा कुशल मल्लले २१ बलमा तीन छक्का र दुई चौंका सहित ४२ रनको आक्रमक पारी खेल्नुभयो ।
लालिगुँरासका तिलक मगर एश कनौडिया र प्रणव शाहले समान २/२ विकेट लिनुभयो ।
यस्तै आजै भएको अर्को खेलमा न्यु होराईजन बुटवलले महेन्द्रनगर किक्रेट एकेडेमीलाई ७१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । १६७ रनको लक्ष्य लक्ष्य पाएको महेन्द्रनगरले पाँच बल बाँकी छँदै ९५ रनमा सबै विकेट गुमाउन पुग्यो । महेन्द्रनगरका सन्तोष भट्ले सर्वाधिक २२ रन बनाउँदा बुटवलका शक्ति गौचनले तीन तथा सुनिल धमला र विकास श्रेष्ठले दुई विकेट लिनुभयो ।
टस जितेर ब्याटिङ्ग गरेको बुटबलले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको हो । बुटवलकालागि सुनिल धमलाले ४० बलमा ६० रनको अर्धशतकिय पारी खेल्दा अर्जुन रायमाझीले ४० रन बनाउनु भयो । महेन्द्रनगरका सन्तोष भट्ले दुई तथा विकास आग्री र बिक्रम ठगुन्नाले एक एक विकेट लिनुभयो ।



Milan Shrestha । १३ बैशाख २०७६, शुक्रबार १८:५४ बजे