१४ बैशाख, सुर्खेत । सरकारले अबदेखि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ महिना देखि साताको दुई दिन विदा दिने निर्णय गरेको हो । सातामा २ दिन विदा दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । जेठदेखि सातामा २ दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ । उहाँले भन्नुभयो ।
दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ । अबदेखि विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ ।
मन्त्रालयले इन्धनको आयात घटाउनकालागि आयल निगमको अनुरोधमा मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेको थियो ।



Prawash Kumar Shakya । १४ बैशाख २०७९, बुधबार १४:४५ बजे