कारागारमा क्षमता भन्दा तेब्वर कैदी


सुर्खेत, १२ साउन । मध्यपश्चिमका विभिन्न कारागारमा क्षमता भन्दा तेव्वर कैदीवन्दीहरु राखिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस क्षेत्रका १४ वटा कारागारमा ८ सय २० जना कैदीहरु राख्ने क्षमता भएपनि अहिले २ हजार ५ जना कैदीहरुलाई राखिएको कार्यालयले वताएको छ ।

६ सय ५० जना पुरुष वन्दी र १ सय ७० जना महिला वन्दी राख्ने क्षमता भएका कारागारमा अहिले १ हजार ६ सय ३४ जना पुरुष र २ सय ८ जना महिला वन्दीहरु राखिएको छ ।

मध्यपश्चिमका १४ वटा कारागारमा ६४ जना पुरुष र ४ जना महिला गरी ६८ जना विदेशी नागरिक पनि कैदी बन्दीको रुपमा रहेका छन ।

सवैभन्दा धेरै कदीहरु वाँके र सवैभन्दा कम कैदीहरु डोल्पा कारागारमा रहेका छन ।

वाँके कारगारमा  ६ सय ९ जना, बर्दियामा २ सय ४८, तुल्सीपुरमा २ सय १३ जना, घोराहीमा १ सय ७७ जना, सुर्खेतमा १ सय ७१ , दैलेख कारागारमा १ सय ६१ जना कैदी वन्दीहरु रहेको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले वताउनु भयो ।

यस्तै रोल्पामा ७७, सल्यामा ७२, प्यूठानमा ६८, रुकुममा ६५, सल्यानमा ६१, कालिकोटमा ४३,  जाजरकोटमा ४३, जुम्लामा ४०  र डोल्पा कारागारमा १७ जना कैदीवन्दीहरु राखिएको उहाँले जानकारी दिनुभयो ।

मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी नेपालले कारागारहरुको क्षमता बृद्धि गर्नु पर्ने र प्रहरीलाई स्रोेत साधानले सम्पन्न वनाउनु पर्नेमा जोड दिनु भएको छ ।

साभारः राराखबर अनलाइन