
२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्युत समस्या समाधान गर्नकालागि आज सुर्खेत उद्योग बाणिज्य संघले पहल गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण कँडेल, महासचिव भद्र भण्डारी र उद्योगी व्यावसायी पञ्चरत्न शर्माको एक समूहले आज नेपाल विद्युत प्राधिकरण सुर्खेत र प्रदेश कार्यालयमा भेटघाट गर्दै वीरेन्द्रनगरमा भैरहेको विद्युतको भोल्टेज र अनियमित तरिकाले विद्युत अवरुद्ध हुने बारे ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष कँडेलले प्राधिकरणको सुर्खेत शाखा परिसरबाटै नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग प्रत्यक्ष फोन सम्पर्क गरि वीरेन्द्रनगरको विद्युत समस्या चाँडै समाधान रगर्न अनुरोध गर्नुभएको छ । जवाफमा कार्यकारी निर्देशक घिसिङ्गले केहीदिन भित्र वीरेन्द्रनगरको सवस्टेशनमा बढी क्षमताको ट्रान्सफरमर परिवर्तन गर्ने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।



Prawash Kumar Shakya । २६ जेष्ठ २०७९, बिहीबार २२:१३ बजे