वैकल्पिक शक्ति । नयाँ शक्ति विद्यार्थी युनियन


सुर्खेत, ३० साउन । नयाँ शक्ति निकट नयाँ शक्ति विधार्र्थी युनियन मध्यपश्चिम विश्वविद्यालयले स्ववियूको चुनावी सभा गरेको छ । सभामा राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीले विश्वविद्यालयमा विद्यार्थीका समस्या समाधान गर्न सक्ने र शिक्षाका मुद्धा उठाउन सक्ने नेतृत्व आवश्यक भएको वताउनु भएको छ । उहाँले अन्य दल निकट विद्यार्थी संघ संगठनहरुले विद्यार्थीको मुद्धा र आवश्यकतालाई सम्वोधन गर्न नसक्ने भएकोले विकल्पको रुपमा नयाँ शक्ति युनियन आएको चर्चा गर्नुभयो ।

परिषदका केन्दीय संगठन विभागका प्रमुख लक्ष्मी जोशीले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगति अत्यको लागि नयाँ शक्ति विद्यार्थी युनियनलाई रोज्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा युनियनका प्रवक्त सचीन अधिकारी, मनराज आचार्य, नयाँ शक्ति विद्यार्थी युनियनको तर्फवाट सभापतिका उम्मेदवार तिर्सना हमाल लगायतले नयाँ शक्ति विद्यार्थी युनियनले मात्र विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न सक्ने उल्लेख गर्नुभयो ।

साभारः राराखबर अनलाइन