वन अधिकृतसहित चार जनाविरूद्व किटानी जाहेरी, दुबैपक्ष वार्तामा (भिडियोसहित)


३ भाद्र, सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतमा कार्यरत सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटान जाहेर परेको छ ।

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा रहस्यमय मृत्यु भएका धनिराम लामिछानेका आफन्तहरुले आज वनका ४ जना कर्मचारी विरुद्ध किटानी जाहेर दिनुभएको हो ।

वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय मृतक लामिछाने वन सम्बन्धि मुद्दामा बिहीबार पक्राउ पर्नुभएको थियो । वन कार्यालयका कर्मचारीहरूले मदन भण्डारी राजमार्ग अन्तरर्गत पर्ने नम्बर गरिएका सालको काठ काटेको आरोपमा मृतक लामिछानेलाई पक्राउ गरेका थिए ।।

यसैवीच कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरिएको छ ।