९ असोज, सुर्खेत । नेकपा (एमाले) निकट अनेरास्ववियुले भोली असोज ९ गते गर्ने भनिएको अखिल साँस्कृतिक साँझ २०७९ यही असोज २९ गते हुने भएको छ ।
आज पत्रकार भेटघाटको कार्यक्रमको अनेरास्ववियुले विषेश कारणले कार्यक्रम स्थगित गरेको जनाएको छ । अनेरास्ववियुले आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अखिल अक्षय कोषको स्थापना गर्ने तयारीका साथ कार्यक्रमको आयोजना गर्न लागेको हो ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली सह–संयोजक प्रेम खड्काले साँस्कृतिक साँझमा चर्चित लोक गायक बद्री पंगेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, बाल गायक किसन सिजापति तथा स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहेने जानकारी दिनुभयो ।
कार्यक्रम भिआइपि टिकट २ हजार, १ हजार र ५ सयको रहेको छ भने कार्यक्रमका दिन सर्वसाधारणका लागि १ सय रुपैयाँ टिकटको पनि व्यवस्था गरिएको छ ।



Prawash Kumar Shakya । ९ आश्विन २०७९, आईतवार १७:५८ बजे