लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले पचास लाखको क्षति


१४ चैत, सप्तरी । सप्तरीको मधुपट्टी गाविस–५ मा गएराति आगलागी हुँदा  ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय प्रमानन्द चौधरीको गुहाली घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्केको आगोले निजका तीनवटा घर र छिमेकी जग्नु चौधरी, सोना चौधरी तथा रोशन चौधरीको एक एक गरी छ घर जलेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन र नगद जिन्सी गरि  ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागी भएको ठाउँमा बाटो घाटोको राम्रो सुविधा नभएकाले ठूलो क्षति भएको प्रहरीले बताएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
साभारः अनलाईन खबर ।