No Not Again फेसबुक पेजलाई कारवाही नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश


२० कार्तिक, काठमाण्डौं । केही दिन अगाडी निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको No Not Again फेसबुक पेज बन्द गर्न दिएको निर्देशन सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरू विरुद्ध कारवाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारवाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले नो नट अगेनलाई कारवाही गर्न नहुने भन्दै रिट  दायर गर्नुभएको थियो ।

सर्वोच्चले रिट निवेदक र विपक्षीलाई यही कात्तिक २४ गते छलफलका लागि बोलाएको छ ।

यो पनि पढ्नुहोस

“No Not Again” जस्ता फेसबुक पेज बन्द गर्न निर्वाचन आयोगको निर्देशन