३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिनुभएको हो । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न रहेकोछ ।




Prawash Kumar Shakya । ३ पुष २०७९, आईतवार १७:२५ बजे