आदिवासी जनजाति समावेशीकरणकालागि वकालत, पैरवी र नेतृत्व विकास सम्बन्धी २ दिने तालिम शुरु


५ पौष, सुर्खेत । आदिवासी जनजातिहरुकालागि  समावेशीकरणका लागि वकालत, पैरवी र नेतृत्व विकास सम्बन्धी २ दिने तालिम वीरेन्द्रनगरमा शुरु भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान)ले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ निडवान कर्णालीको संयोजनमा २ दिने तालिमको संचालन गरेको हो ।

तालिमको पहिलो दिन निडवानका उपाध्अध्यक्ष श्री गंगा छन्त्यालले सहभागीहरुलाई स्वागत गर्दै सहित संस्थाले स्थापनाकालदेखि समुदाय, राष्ट्रिय, क्षत्रीय र अन्तर्राष्ट्रियस्तरमा आदिवासी, महिला र अपाङ्गगता समावेशीकरण र अधिकार स्थापनाको लागि गरेका सचेतना अभिवृद्दि, अनुसन्धान र दस्तावेजीकरण र नीतिगत हस्तक्षेपबारे जानकारी गराउनु भयो ।

अपाङ्गता समावेशीकरण, कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल र समस्या तथा अपाङ्गता समावेशीकरणका लागि नेतृत्व विकासको महत्व र आवश्यकता विषयमा सञ्चालन भएको तालिमको अध्यक्षता निडवान कर्णालीका अध्यक्ष रत्ना राना मगरले गर्नुभएको थियो भने सचिव ललिसरा घर्ती संचालन गर्नुभएको थियो ।

तालिमको सहजीकरण अपाङ्ग जनचेतना तथा संचार सेवाका अध्यक्ष विष्णु भट्टराई र निडवानको कार्यक्रम संयोजक हरिचन छन्त्यालले गर्नुभएको थियो ।

२ दिन सम्म संचालन हुने तालिममा कर्णाली प्रदेशका २८ जना भन्दा बढी आदिवासी अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको छ ।