किड्सद्वारा एच.आइ.भी. परिक्षण सेवा बारे जानकारी (भिडियोसहित)


सेभ द चिल्ड्रेन ⁄ ग्लोबल फण्डको आर्थिक तथा प्राविधिक सहयोगमा कपिलबस्तु इन्टिग्रेटेड डेभलप्मेन्ट सर्भिसेज (किड्स) ले  २०२१ मार्चदेखि कर्णाली प्रदेशको सुर्खेत जिल्लाको ४ वटा नगरपालिकाहरुमा प्रवासी तथा उनीहरुका दम्पत्तिका लागि एच.आई.भी रोकथाम कार्यक्रम संचालन गरिरहेको एक कार्यक्रमका वीच जनाएको छ ।

वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी त्यस्तै बराहताल र चौकुने गाउँपालिकामा प्रवासी तथा उनीहरुका दम्पत्तिका लागि एच.आई.भी रोकथाम कार्यक्रम संचालन भइरहेको हो ।

कार्यक्रम अन्तर्गत प्रवासी तथा उनीहरुको दम्पत्तिलाई लक्षित गरेर राष्ट्रिय एच.आई.भी.परियोजना अन्तर्गत ९५–९५–९५ को लक्ष्य पुरा गर्ने प्रयास जारी रहेको किड्स कार्यक्रम अधिकृत विना अग्रहरीले जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत अग्रहरीका अनुसार प्रवासी तथा उनीहरुको दम्पत्ति मुख्यता एच.आई.भिका जोखिम समुह भएकाले उनीहरुमा परिक्षण गर्न आवश्यक रहेको छ । किड्सले २०२१ देखि नै घरदैलो तथा शिविरको माध्यमबाट एच.आइ.भी. परिक्षण सेवा दिइरहेको छ । घरदैलो र शिविर मार्फत मार्च देखि डिसेम्बर २०२१ मा ४ जना र जनवरी–नोभम्बर २०२२ सम्म १२ जना एच.आई.भी. संक्रिमत पत्ता लगाउन सफल भएको छ ।

कार्यक्रम संचालन भए देखि हाल सम्म कुल १६ जना नयां एच.आइ.भी. संक्रमित पत्ता लगाउन निकै ठुलो उपलिब्ध रहेको र साथै एच.आई.भि.एड्,क्षयरोग,कण्डम,एस.टि.आई.एस बारे जानकारी पनि दिने गरिएको छ । हाल साल नै प्रवासी र उनीहरुको दम्पत्तिका लागि (खाधान्न वितरण) राहतको व्यवस्था पनि गरिएको थियो । कुल १२८ घरपरिवारले राहत प्राप्त गर्नु भएको थियो,जस अत्तर्गत १ घरपरिवारले १२ केजी चामल,२ केजी दाल लगाएत अन्य खाद्य सामाग्री वितरण गरिएको अधिकृत अग्रहरीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेश गौतमले पश्चिम सुर्खेतमा किड्सले विभिन्न कारणले लुकेर रहेका एचआइभी संक्रमितका कुरा बाहिर ल्याउन सफल रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एचआईभी सम्वन्धी जिल्लाका स्थानीयतहरुमा कार्यक्रम नभएकोले त्यस तर्फ ध्यान दिन जरुरी छ ।”

फिल्ड संयोजक गणेश ताम्राकार सहजीकरण गर्नुभएको कार्यक्रममा स्वास्थ निर्देशनालय, कर्णाली प्रादेशिक अस्पताल, जनस्वास्थ सेवा कार्यालय, आइएन एफ.ब्यलू डाइमण्ड सोसाईट, नवकिरण प्लस, एनएमएस डब्लु ए, टिपियो नेपालका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।