५ फागुन, कालिकोट– जिल्लाका आठ ओटा गाविसहरु नगरपालिकाका लागि सिफारिस भएका छन्। नगरपालिकाका लागि सदरमुकामदेखि पूर्वी क्षेत्रका चार र पश्चिम क्षेत्रका चार गाविस गरी आठ गाविसलाई नगरपालिकामा सिफारिस गरिएको हो। एक जिल्लामा एक नगरपालिका बनाउने नेपाल सरकारको योजनाअनुसार आवश्यक मापदण्डलाई आधार मानी दुई वटा नगरपालिका सिफारिस गरी पठाइएको हो। जिल्ला विकास समिति कालीकोटका सूचना अधिकारी एवंम नायव सुब्बा प्रवलजंग शाहीका अनुसार पूर्वी क्षेत्रका मान्मा, बदालकोट, दांहा र पांखा गाविसलाई समेटीने गरी खांडाचक्र नगरपालिका र पश्चिम क्षेत्रका स्युना, फुकोट, सिपखाना र मुम्रा गाविसलाई समेटी रास्कोट नगरपालिकाका लागि सिफारिस भएको बताए।
उनका अनुसार सडक यातायात र विद्युत् र बैंकिङ् कारोबारलाई हेर्दा खांडाचक्र नगरपालिका सम्भावना रहेको छ भने रास्कोट नगरपालिका सडकको विस्तार भईरहेकाले सबै प्रक्रियाअनुसार सिफारिसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफासि गरिएको जिविसले बताएको छ । जिल्लामा ३० गाविस छन् भने अब दुई नगरापालिका घोषणा भएपछि २२ गाविस दुई नगरपालिका हुने छन्। कर्णालीमा यसअघि जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका घोषणा भएको थियो भने अन्य जिल्लामा नगरपालिका घोषणा हुन सकेका छैनन्।
साभारः नागरिक न्यूज



Milan Shrestha । ५ फाल्गुन २०७२, बुधबार १७:३१ बजे