संस्थाका शेयर सदस्यहरुलाई एक दिने सहकारी शिक्षा तालिम


२७ जेठ,सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र मेहेलकुनामा आवद्धता भएका नयां शेयर सदस्यहरुलाई १ दिने सहकारी शिक्षा तालिमको आयोजना गरेको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तका बारेमा सहकारीका शेयर सदस्यहरुलाई जानकारी दिनुका साथै विभिन्न उद्धेश्य परिपूर्ति गर्नका लागी सहकारी संस्थाबाट परिचालन भएको कर्जालाई सहकारीका सदस्यहरुले सहि परिचालन नगरि अन्यत्र लगानी गर्ने प्रबृद्धि रहेकाले उक्त परिपातीलाई रोक्नका लागी सहकारी शिक्षा तालिमको आयोजना गरिएको कार्यक्रमका सभापति एवंम् सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक सदस्य एवंम् सेवा केन्द्र संयोजक नरबहादुर सुनारले जानकारी दिनुभयो ।


सहकारी संस्थाको शिक्षा उपसमितीका संयोजक श्रीधर केसीले तालिमको बारेमा प्रष्ट पार्नुभएको तालिममा संस्थाका अध्यक्ष पुर्णबहादुर नेपाली ,सचिव मिलन श्रेष्ठ,कोषाध्यक्ष सुरेशबहादुर गौतम,सदस्य एवंम् कर्जा उप–समितिको संयोजक महेश्वर तिवारी, संचालक सदस्य इन्द्रबहादुर थापा सेवा केन्द्र मेहेलकुनाका संचालन उपसमितीका सदस्य तुल्सी शर्मा, प्रबन्धक प्रवेशमान मानन्धर लगाएतको उपस्थित रहेको सहकारी शिक्षा तालिमको सहजीकरण प्रशिक्षक नवराज उपाध्यायले गर्नुभएको थियो।

१ दिने सहकारी शिक्षा तालिमको आयोजना सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले गरेको थियो ।