चर्चित कमेडी रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’मा ‘पलक’ नामबाट चिनिएका कलाकार काकू शरदालाई उनकै कमेडीले जेल पुर्याएको छ ।
उनले राह रहिमको चलचित्र ‘एमएसजी २’को एक दृश्यमा कमेडी गरेका थिए । यसपछि उनको विरुद्ध मुद्दा दायर गरिएको थियो । उनलाई आज मुम्बइबाट गिरफ्तार गरिएको छ । उनलाई १४ दिन जेलमा पठाइएको छ ।
उनले ‘जश्न ए आजादी’ नामक कार्यक्रममा ‘एमएसजी २’को एक दृश्यमाथि खिल्लीउडाएको आरोप लगाइएको छ । यो शो डिसेम्बर २७ मा प्रशारण भएको थियो । शोमागुरमित राम रहिमको गेटअपमा पलकले यूवतीसँग अश्लिल डान्स गरेको देखाइएकोथियो । यो शोमा विभिन्न ९ जना कलाकार सहभागी थिए । जसमध्ये काकूलाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा लिएको हो ।
साभारः अनलाइन खबर
Milan Shrestha । २९ पुष २०७२, बुधबार १७:०८ बजे