गौ संरक्षणकालागि होली मिलन कार्यक्रम सम्पन्न


२२ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यसपटको फागु पूर्णिमा (होली) गौ संरक्षणकालागि साँगितिक कार्यक्रम गरेर मनाइएको छ ।

हाम्रो कर्णाली यूवा क्लबले गौ संरक्षणकालागि साँगितिक होली कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चर्चित पप गायक अनिल सिँहले आफ्नो चर्चित गितहरु इन्जिन गाडी मेरो यो प्रेम पत्र  लगाएतको प्रस्तुती दिनुभएको थियो । सिँहलाई डिजे सन्तोषले साथ दिनुभएको थियो । त्यस्तै अर्का कलाकार टेकु कान्छाले पनि आफ्नो प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा स्थानीय यूवाहरुको व्याण्डले पनि साँगितिक प्रस्तुति दिएको थियो । आयोजक संस्था हाम्रो कर्णाली यूवा क्लबले सौहाद्रपूर्ण तथा आफ्नो धर्म सँस्कृति बचाई राख्न तथा गौ संरक्षणकालागि कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा गौ सेवामा दिनरात नभनी लागि रहनुभएका समाजसेवी यूवा नवराज भेडालाई सम्मान गरिएको थियो ।