नेपाल स्वयंसेवी रक्तदाता समाजले आज नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा समक्ष रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउनकालागि पहल गर्न ज्ञापन पत्र पेश गरेको छ ।
“रक्त व्यवस्थापनमा सबैको सहभागिता” मूलमन्त्रलाई आत्मसात् गरी देशभर स्वयंसेवी रक्तदाताहरूको सञ्जाल बिस्तार गर्दै पीडित पक्षलाई सेवा प्रदान गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा राज्यले नि:शुल्क भनिएको रगत र रक्त-त्तवहरू पीडितलाई अविलम्ब नि:शुल्क उपलब्ध गराउन सहयोग गरिदिन काँग्रेस समापती देउवा समक्ष ध्यानाकर्षण ज्ञापन पत्र पेश गरेको समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै सभापती देउवाले यो निकै महत्वपूर्ण विषय भएकोले प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा समाजका केन्द्रीय सदस्यद्वय सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागीता रहेको थियो ।
स्मरण रहोस समाजले दानमा दिइएको रगत र रक्ततत्व निःशुल्क उपलब्ध पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई पनि ज्ञापन पत्र बुझाएको थियो ।
Prawash Kumar Shakya । १८ मंसिर २०८१, मंगलवार १४:०१ बजे