सामाजिक सुरक्षा कोष विरुद्ध कुमारी बैंक सुर्खेतका कर्मचारी पनि आन्दोलनमा


२७ असार, सुर्खेत ।  सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरे संगै आज वीरेन्द्रनगरमा रहेको कुमारी बै‌कका कर्मचारीहरुलेपनि आन्दोलन गरेका छन् ।

आन्दोलनमा कर्मचारीहरुले “मेहेनतको कमाईमा भेदभाव किन?” “साठ्ठी बर्ष पछि पेन्सन, नाटकै हो ।” “सामाजिक सुरक्षा कि असुरक्षा?” लागएतका नारा लेखिएको प्ले कार्ड र पाखुरामा कालो पट्टी र मुखमा कालो माक्स लाई  विरोध जनाएकाछन् ।

खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट भएपछि आन्दोलन शुरु भएको बै‌कका प्रवन्धक जगत बोहोराले बताउनुभयो । उहाँका अनुसार आज कुमारी बैंकले देशभर रहेका आफ्ना शाखाहरुमा आन्दोलन गरेको छ ।