२ जेठ, काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलिम पदार्थको मूल्य घटेर आएसंगै डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरे सँगै डिजेल र मट्टीतेल प्रति लिटरमा १० रुपैयाँले घटाएको हो । । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।
पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।



Prawash Kumar Shakya । २ जेष्ठ २०८०, मंगलवार २०:०२ बजे