१५ जेठ, सुर्खेत । १६ औं गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ ।
प्रदेश प्रमुख परियारले सन्देशमा “गणतन्त्र दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशका सम्पुर्ण जनसमुदाय लगायत स्वदेश र विदेशमा रहनुभएका नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरूमा सामाजिक न्याय,सुशासन,समृद्धि प्राप्त गरी उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । झण्डै अढाइ सय बर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन भएको अवगतै छ । देशमा विद्यमान जाति,जनजाति,महिला दलित,मधेसी उपक्षित क्षेत्रका उत्पीडित जनसमुदाय लगायतको मुक्ति संघर्ष र बलिदानको उच्च सम्मान गर्दै,आफनो अमुल्य जीवन वलिदान गर्ने महान शहिदहरु प्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु ।” उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । १५ जेष्ठ २०८०, सोमबार ०८:०८ बजे