नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुर्खेतको सचिवमा श्रेष्ठ



७ असार, सुर्खेत । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति, सुर्खेतको सचिवमा सरोज श्रेष्ठ मनोनित हुनु भएको छ ।

आज (विहिवार) वीरेन्द्रनगरमा सम्पन्न सुर्खेत जिल्ला कार्यसमिति अन्तरगत पदाधिकारी तथा सदस्यहरुको घोषणा तथा सपथ ग्रहण समारोह बिच श्रेष्ठलाई मनोनित गरिएको हो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुर्खेतका सभापती कर्णबहादुर रानामगरको सभापतित्वमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा श्रेष्ठ लगायत अन्य पदाधिकारी र सदस्यहरु मनोनित गरिएको छ जसको उपसभापतिमा डिलबहादुर मर्सा मगर, सुनिता लामा गुरुङ्ग, चन्द्रबहादुर सिजापति, सहसचिवमा कर्णबहादुर राम्जाली, हेमराज पुनमगर, कोषाध्यक्षमा भावना घर्तिमगर लागयत २० सदस्यहरु मनोनित हुनु भएको छ जसमा बिष्णु तामाङ्ग, सन्तबहादुर गुरुङ्ग, भक्तबहादुर बुढामगर, लक्ष्मी घर्तीमगर, धनमाया घले, रुद्रबहादुर वाकावल मगर, बर्षा बुढामगर,ओम प्रसाद बुढामगर, डिला सारुमगर, तेजबहादुर श्रेष्ठ, चन्द्रा आले मगर, समुन्द्र राजी, सन्त बगाले मगर, रामबहादुर घर्तीमगर, चन्द्र बुढा मगर,लालबहादुर गुरुङ्ग, टिकाराम बुढा मगर, सन्तोष राजी र लोकबहादुर कुमाल हुनुहुन्छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले गत चैत्र १८ गते सुर्खेत जिल्लामा कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशमा अध्यक्ष चयन गर्ने कार्य सम्पन्न गरिसकेको थियो भने सुर्खेत जिल्ला अध्यक्षमा कर्णबहादुर रानामगर हुनुहुन्छ ।