सुर्खेत बहुउद्देश्यीय सहकारीको अध्यक्षमा नेपाली सर्वसम्मत निर्वाचित


२५ पुस सुर्खेत । सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्था सुर्खेतको अध्यक्षमा पूर्णबहादुर नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संस्थाको आज वीरेन्द्रनगरमा सम्पन्न २०औं साधारण सभाबाट नेपाल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । सभाका प्रमुखअथिती वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले नेपाल स्थानीय सरकारले सहकारी संस्थाहरुलाई कर छुट दिएर उदाहरणिय कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो “सदस्यहरुले जम्मा गरेको बचतको व्याजमा लाग्ने करलाई पनि छुटको व्यवस्थापन गरि सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप कार्य गरिरहेका छौं ।”

संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतले आर्थिक बर्ष २०७७/७८ मा संस्थाले गरेका गतिविधीहरु सहित आगामी बर्षमा २०७८/७९ कालागि प्रस्तावित कार्य कार्यक्रमहरु पेश गर्नुभएको थियो ।

सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक बर्ष २०७७/०७८ को ३६ रु करोड ८२ लाख ८८ हजार ३ सय ८२ रुपैयाको यर्थात कारोवारको प्रतिवेदन पेश गर्नु भएको थियो भने आगामी बर्ष २०७८/०७९ का लागी रु ४६ करोड, २२ लाख, ६९ हजार १ सय ३ रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यसै गरी कर्जा— उपसमितीका संयोजक महेश्वर तिवारीले व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा लगानी भएको कुल १३ करोड ४१ लाख ७४ हजार कर्जा प्रतिवेदन पेश गर्नु भएको थियो ।

संस्थाका सचिव दिपेन्द्र ढकालले सहजीकरण गर्नु भएको १९ औं बार्षिक साधारण सभामा शिक्षा उप—समितीका संयोजक मिलन श्रेष्ठले शिक्षा प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका संयोजक भद्र भण्डारीले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।

सभामा संस्थाका शेयर सदस्य ज्युहरुको मृत्युको अवस्थामा प्रदान गर्दे आईरहेको राहत कोष वापत यस बर्ष स्वर्गिय सीताराम कार्कीका धर्मपत्नी कल्पना कार्की तथा अर्का शेयर सदस्य स्व. राजनप्रकाश शाक्यका धर्मपत्नी खिमुकुमारी श्रेष्ठलाई राहत कोष वापतको चेक हस्तान्तरण गरिएको थियो ।

सभाले नेपालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । जस्को उपाध्यक्षमा दिपेन्द्र ढकाल सचिवमा मिलन श्रेष्ठ कोषाध्यक्षमा सुरेश बहादुर गौतम सदस्यहरुमा इन्द्रबहादुर थापा चन्द्राकुमारी खड्का महेश्वर तिवारी श्रीधर केसी ध्रुवबहादुर शाही नरबहादुर सुनार र चन्द्राकुमारी खड्का लामिछानेहरु सर्वसम्मत निर्वाचित हुनभएको छ भने लेखा समिति संयोजकमा नगेन्द्र चौलागाइ र सदस्यहरुमा रामबहादुर सारु शिवप्रसाद रेग्मी चयन निर्वाचित हुनुभएको छ ।