कैलालीबाट पश्चिम सुर्खेतमा ३३ केभी विजुली प्रसारण लाईन आइपुग्यो


२२ पौष, सुर्खेत । सुर्खेत जिल्लाको पश्चिम बावियाचौरमा नेपाल विद्युत प्राधिकरणले आजदेखि बत्ति बाल्न सफल भएको छ । प्राधिकरणले कैलाली जिल्लाको सोल्टा देखि वावियाचौर सम्म ३३ केभी प्रसारणलाईन लाई जोडेर आज आफ्नो सब-स्टेशनमा विजुली बाल्न सफल भएको हो ।

आजदेखि बावियाचौरको सवस्टेशनमा बालिएको विजुली २/४ दिन भित्र नै स्थानीय जनताका घरमा पुर्याउने तयारी रहेको प्राधिकरण सुर्खेतका प्रमुख युवराज रावतले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “हामीले पञ्चपुरी नगरपालिकामा विजुलीका लाईनहरु तयार गरिसकेका छौ साथै केही समयमा यो प्रसारण लाइनलाई हामी कर्णाली राजधानी वीरेन्द्रनगरमा पनि पुर्याउछौ त्यस्कालाई प्रकृयाहरु पुरा गरिरहेकापनि छौ ।”

प्राधिकरण सुर्खेतका कार्यालय सहायक दिपक चालिसे भन्नुहुन्छ “हाम्रो योजना अनुसार गएको दशैं सम्म विजुली बाल्ने योजना थियो तर यसपटक बर्षा लम्विएको कारणले समय काम पुरा गर्न सकिएन .”