सुर्खेत बहुउद्देश्यीयको एक दिने सचेतना कार्यक्रम, कर्णाली प्रदेश सहकारी नियमावली केहि दिन भित्र आउछः रजिष्ट्रार सुवेदी


१३ साउन सुर्खेत । भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय,सुर्खेतका रजिष्ट्रार खुब प्रसाद सुवेदीले कर्णाली प्रदेश सहकारी नियमावली केहि दिन भित्रै आउने कुरा बताउनु भएको छ ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनग,सुर्खेतले शनिवार(आज) आयोजना गरेको सहकारी संस्थाका संचालक समिति पदाधिकारी,सदस्य,लेखा सुपरिवेक्षण समितिका संयोजक एवं सदस्य,विभिन्न उपसमितिका संयोजक एवं सदस्य र कर्मचारीहरुका लागि आयोजना गरेको १ दिने सहकारी सचेतना तथा अन्तक्रियका कार्यक्रमा उक्त कुरा बताउनु भएको हो ।

सुवेदीले २०७४ सालमा कर्णाली प्रदेश  सहकारी ऐन,२०७५ आईसकेता पनि नियमावली आउन धेरै समय लागेको कुरा स्वीकार्दे, अब केहि दिन भित्रमा नै नियमावली आउने लागेको हुदा न आत्तिन समेत आग्रह  गर्नु भयो । पछिल्लो समय सहकारी क्षेत्रमा ठुलै समस्या देखिएता पनि सहरकारी नियमावली न आएकै कारण हामि कडा रुपमा प्रस्तुत हुन सकिरहेका छैनौ । हामि सहकारी नियमवली आईसकेपछि  कानुन बमोजिम जानै पर्ने भएका हुदा जुन तरिकाले अहिले सहकारी संस्थाहरु संचालनमा आएका छन् अब सबै कुराहरु न्यूनिकरण हुने छ ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर नेपालीको सभापत्वि र शिक्षा उपसमितिका संयोज श्रीधर केसीको संयोजकत्वमा समापन सचेतना कार्यक्रमासंस्थाका  संरक्षक ध्रुवकुमार श्रेष्ठले,विश्वमा १६९ र नेपालमा ६६ बर्षको लामो ईतिहास बोकेको सहकारी संस्था समस्या ग्रस्त भईरहेको अवस्थामा पनि संसद सरकार बनाउनै व्यस्त रहेको र सहकारी क्षेत्रलाई वेवास्त गरी प्रदेश नियमावली ल्याउनमा ढिला गरेको प्रति दुख्य व्यक्त गर्दे भन्न् भयो, सरकारको तीन खम्बे नीति अन्तर्गत  तेस्रो बलियो खम्बाको रुपमा रहेको सहकारी संस्थाको  कर्णाली प्रदेश सरकारले स्पष्ट नियमावली ल्याउन लामो समय लगाएको हुदा सदस्यहरु समस्यमा परिरहेको अवस्थामा समेत नियमनकारी निकायलाई ठोस् कदम चाल्न गारो भईरहेको छ । यती मात्र होईन तीनै तहका सरकाहरु बिच सहकार्य नहुदा सिंगो सहकारी क्षेत्र ठुलो समस्याबाट ग्रुजि रहनु परेको बताउनु भयो ।

संस्थाका सल्लाहकार गणेशकुमार बस्नेतले २१ बर्ष लामो ईतिहास बोकेको सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाल आफ्नो सदस्यहरुको सुरक्षाका लागि लागिरहेको  र देश व्यापीरुपमा आर्थिक मन्दिका कारण  धेरै सहकारी संस्थाहरु समग्रस्त भई सदस्यहरुको बचत रकम समेत फिर्ता गर्न नसक्ने अवस्थामा सुर्खेत बहुउद्देश्यीय सहरकारी संस्थाले संस्थमा राखेको बचत फिर्ता माग्न  आएका सदस्यहरुलाई  ५ मिनेट भित्र उहांहरुको बचत फिर्ता गरी गुणस्तरीय सेवा प्रदान गर्दे सदस्यहरुको मनमा बस्न सफल भएकोमा आफु गौरवान्वीत भएको बताउनु भयो ।

संस्थाका उपाध्यक्ष दिपेन्द्र ढकालले पछिल्लो सरकारको तीन खम्बा मध्य दुई क्षेत्र निजि र सहकारीमै समस्या देखिदा बजारका व्यापारी देखि सदस्यहरु बिचलीत भएको अवस्थामा निजि क्षेत्र त सम्हालिने क्रममा छ तर सहकारी प्रति आम साधारण व्यक्तिहरुको चासोको बिषय बन्दै गईरहेको अवस्थामा नियमाक निकायले अनुगम गरि सहकारी माथीको विश्वनीयता कायम राख्नका लागि सहकारीहरुको अनुगमनमा तदारुक्ता देखाउन रजिष्टारको कार्यालयलाई समेत अनुरोध गर्नु भएको थियो ।

सचेतना कार्यक्रमा भूमि व्यवस्था तथा सहरकारी रजिष्ट्रारको कार्यालय,सुर्खेतका शाखा अधिकृत पूर्ण प्रसाद उपाध्याय र नायव सुब्बा किरण कुमार थापाले सहकारी कानूनका आधारभूत पक्षहरु तथा सहकारी कोष विभाजन सम्बन्धी व्यवस्था,सहकारी संस्थाले नियामक निकाय लगायतमा पठाउनु पर्ने प्रतिवेदन र तयारी र सहकारी सफलताका आधारहरु र विनियम समबन्धी जानकारी बिषयमा सहजीकरण गर्नुभएको थियो ।