दुइ वर्षकी बच्ची, जसलाई कण्ठ छ १९६ देशको राजधानी


तपार्इंलाई कतिवटा देशको राजधानी कण्ठ छन् ? २०, २५rakshita, ५० वा बढि ? के तपाइँलाई १ सय ९६ वटा देशको राजधानीको नाम भन्न आउँछ ? खैर, जे होस् । एक जना २ वर्षकी बच्चीलाई भने एक सय ९६ देशको राजधानी कण्ठस्थ छ ।

स्कटल्याण्डको इडिनबर्गमा बस्ने रक्षिता नामकी २ वर्षकी बच्चीको यस्तो तिक्ष्ण दिमाग छ की उनले यति धेरै देश र त्यसको राजधानीको नाम भन्न सकिछन् । आम बच्चाले आफ्नो नाम समेत भन्न नसकने यो उमेरमा दिक्षिताले चाहीँ १९६ देश र राजधानीको नाम जानेकी हुन् ।

बुवा रमेश र आमा कविताकी छोरी दिक्षितालाई सुरुमा उनका बुवाले ३० देशको नाम सुनाए र सुनेको आधारमा आफै भन्न लगाए । रमेश त्यसबेला अचम्ममा परे जब छोरीले ३० देशको नाम दुरुस्तै भनिन् । हुँदा हुँदा उनले १९६ देश र तिनका राजधानीको नाम पनि भन्न सक्ने भएकी छिन् ।साभारः एजेन्सी ।