भाइबरले नेपालीलाई दियो सित्तैमा फोन अफर, कुन–कुन देशमा गर्न मिल्छ फ्रि फोन ?


viberकाठमाडौं, २२ भदौ । स्मार्टफोन एप भाइबरले नेपाली प्रयोगकर्तालाई सित्तैमा फोनको अफर अर्थात निःशुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ ।

दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि दिइएको यो सुविधा नेपालबाट नेपालसहित ५२ वटा देशमा फोन गर्दा लागु हुनेछ । सेप्टेम्बर ६ देखि १९ सम्म बेलुका ८ देखि १० बजेको समयका लागि मात्र दिइएको यो सुविधामा एउटा कल १० मिनेट भन्दा लामो हुन नहुने भाइबरले विज्ञप्तिमार्फत जनाएको छ ।

फेरि डायल गरेर भने २ घन्टा भित्र जति पनि कुरा गर्न मिल्ने छ । फोन गर्न के गर्ने ? मोबाइल वा कम्प्युटरको भाइबर एप्लिकेसनबाट भाइबर आउट अप्सन प्रयोग गरी कल गर्नु पर्दछ । यसरी कल गर्न इन्टरनेट भने चाहिन्छ । मोबाइलबाट कल गर्दा डेटा सर्भिस प्रयोग गरे त्यसको शुल्क भने अरू बेलाको जस्तै लाग्छ ।

कुन कुन देशमा गर्न मिल्छ ? भाइबरका अनुसार अस्ट्रेलिया, बहराइन, बङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनाई दारुसलाम, कम्बोडिया, क्यानडा, चीन, सार्ईप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेसिया, नेदरल्याण्ड, न्यूजल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्तुगल, कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, ताइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा निःशुल्क कल गर्न मिल्छ ।

साभारः दैनिकिनेपाल अनलाइन