२८ कार्तिक, सुर्खेत । गतवर्ष सम्म प्लाष्टिकका मालाहरुले बजार ओगटेको यो समयमा यसपटक भने प्रदेश राजधानी वीरेन्द्रनगर लगाएत आसपासका क्षेत्रमा सयपत्री फूलको उत्पादन भएकोले बजारभरी सयपत्री फूलहरु सहजरुपमा उपलब्ध भए तर बजारको अध्ययनको नहुँदा भने उत्पादन भएका फूलहरु खेर जाने अवस्था आएको छ ।
दिपावलीको अन्तिम समयतिर मात्र पुष्प व्यावसायीहरु संगठन भएर तर फूलको बजार व्यवस्थापन भने राम्रोसँग हुन सकेन । व्यावसायीहरु भारतबाट आयतित प्लाष्टिकको मालालाई विस्थापन गर्ने सोचअनुरुप पुष्प खेतीमा लागे तर बजार व्यवस्थापन नहुँदा धेरै फूलहरु खेर जाने भएकोले पुष्प खेती गर्ने किसान यति वेला चिन्तित देखिएका छन् । व्यावसायीहरु स्थानीय सरकारले बजार व्यवस्थापनमा चासो नदिएको आरोप पनि लगाएकाछन् ।
मध्यपश्चिम विश्वविद्यालयका कृषी संकायका विद्यार्थीहरुले पनि यसपटक पुष्प व्यावसाय गरे । विद्यार्थी सविता आचार्यका अनुसार करिब ३० क्वीण्टल जति उत्पादिन सयपत्री फूल अहिले सम्म करिव २५ केजी मात्र फूल विक्री भएको छ । उहाँ भन्नुहुन्छ “हामीले प्लाष्टिकका मालाहरुको विक्री वितरण बन्द हुन्छ भन्ने नोटिस थाहा पाएका थियौं तर त्यो केवल नोटिसमा मात्र सिमित भयो त्यस्ले पनि अनी गाह्रो भएको छ हामीले लागत पनि उठाउन सकेनौं ।”
त्यस्तै अर्का मखमली फूलका व्यावसायी गजेन्द्र राना भन्नुहुन्छ “गतवर्ष जस्तो सोचेको व्यापार नै भएर त्यसमा पनि स्थानीय सरकारले कुनै सहयोग नगरेकोले पनि गाह्रो भएको हो ।” यस्तै अर्का यूवा पुष्प व्यावसायी सुरज महतरा गतबर्षको तुलनामा यसपटक व्यावसाय खस्केको बताउनुहुन्५ । स्थानीय सरकारले वेलैमा प्लाष्टिका मालाहरुको आयत बन्द गरेको भए सजिलो हुने थियो महतरा भन्नुहुन्छ । शुभ कृषी फर्मका सन्तोष सिंह विश्वकर्मा पनि बजारमा माग भन्दा उत्पादन बढी भएको र स्थानीय सरकारले पनि बजार व्यवस्थापनमा सहयोग नगरेकोले पुष्प व्यापार कमजोर भएको बताउनुहुन्छ ।
यस्तै सुर्खेत पुष्प व्यावसायी संघका अध्यक्ष हिरा मगर पुष्प व्यावसायीहरुले लागत मूल्य पनि उठाउन हम्मेहम्मे परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ भारतबाट आयात हुने फूल तथा प्लाष्टिका मालाहरुलाई तीनैतहका सरकारले रोक लगाउनु नसकेकोले पनि कर्णाली प्रदेशका पुष्प कृषकहरु मारमा परेका छन् । त्यस्तै सँघका कोषाध्यक्ष रुवी आचार्य पन्तका अनुसार सुर्खेतमा मात्र करिव १२ विगाह क्षेत्रफलमा पुष्प खेती गरिएको छ । उहाँ भन्नुहुन्छ “बाहिर जिल्लाहरुबाट सुर्खेतमा फूल आयात हुँदा फूल विक्री हुन नसकेको हो । बजार अध्ययनमा हाम्रो पनि कमजोरी रह्यो तथापी स्थानीय सरकारले पनि केही सहयोग गरेको भए व्यावसाय गर्न सहज हुने थियो । अब खेर जाने फूलहरुलाई कसरी हुन्छ अरु सामाग्री उत्पादनमा लगाउन सकिन्छ त्यस तर्फपनि सोचेका छौं ।”
यता वीरेन्द्रनगर नगरपालिकाका नगर-उपप्रमुख निलकण्ठ खनालले उत्पादित फूलहरु बेच्न कुनै अवरोध तथा निरुसाहित नगरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “हो बजार व्यवस्थापन हुँन नसक्दा केही समस्या उत्पन्न भएको छ । यहाँ सोचेको भन्दा पनि धेरै फूल उत्पादन भए हामीले वीरेन्द्रनगर मात्र नभएर अन्य बजारको स्थिति अध्ययन गर्न नसक्दा केही समस्या भएको हो । हामी आगामी बर्ष यो बारे अगाडी नै विचार विमर्श गर्ने छौं । फेरी यसपटक चाडपर्व पनि अलि पछाडी परेकोले पनि केही समस्या उत्पन्न भएको हो । अर्को कुरा प्लाष्टिकका मालाहरु भन्दा सस्तोमा फूलको माला पाइएकोले प्लाष्टिकका मालाले पुष्प व्यापारमा कुनै असर गरेको छैन् ।”
Prawash Kumar Shakya । २८ कार्तिक २०८०, मंगलवार १३:३२ बजे